विदेशबाट शेयर कारोबार (Secondary Market) कसरी सुरु गर्ने? — ब्रोकर खाता

IPO भरिसक्नुभयो, अब शेयर किनबेच (Secondary Market) गर्न चाहनुहुन्छ? त्यसका लागि ब्रोकर (अनलाइन कारोबार) खाता चाहिन्छ। विदेशबाटै कसरी खोल्ने, यहाँ छ।

⏱️ १–३ कार्य दिन (सबै कागजात र भुक्तानी आएपछि) 🏛️ इजाजतप्राप्त धितोपत्र दलाल (ब्रोकर) कम्पनी — खाता ब्रोकरले नै खोल्छ 🌍 विदेशबाटै

यो गाइड कसका लागि?

  • Demat र बैंक खाता भइसकेका
  • शेयर किनबेच सिक्न चाहने
  • ब्रोकर खाता अझै नभएका

चाहिने कागजात

  • नागरिकताको अगाडि र पछाडिको फोटो
  • पासपोर्ट साइजको फोटो
  • सेतो कागजमा हस्ताक्षर र औँठाछाप
  • विदेशमा हुनुहुन्छ भने पासपोर्ट
  • नागरिकता वा पासपोर्ट हातमा समातेको फोटो (अनुहार र कागजात दुवै प्रस्ट देखिने)
  • MeroShare मा login गरेर "My Details" को screenshot वा PDF
  • राष्ट्रिय परिचयपत्र (NID)

प्रक्रिया — चरणअनुसार

  1. विवरण र कागजात पठाउनुहोस्
  2. हामी ब्रोकर कम्पनीमा तपाईँको खाताको आवेदन तयार गरेर पेस गर्छौँ
  3. नेपालको नम्बरमा आउने OTP हामीलाई दिनुहोस्
  4. खाता तयार भएपछि login विवरण पाउनुहुन्छपहिलो login मै password बदल्नुहोस्।
  5. Secondary Market कोर्सको login (WTS Guru) पाउनुहुन्छआफ्नै समयमा हेर्नुहोस्।

⚠️ ध्यान दिनुहोस्

  • राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य छ।
  • Demat (BOID) र बैंक खाता पहिल्यै हुनुपर्छ।
  • पहिले नै ब्रोकर खाता छ भने नयाँ खोल्न मिल्दैन।

प्रायः सोधिने प्रश्न

Demat नभई ब्रोकर खाता खुल्छ?

खुल्दैन। Demat (BOID) र बैंक खाता पहिल्यै हुनुपर्छ।

कति दिन लाग्छ?

सबै कागजात र भुक्तानी आएपछि १–३ कार्य दिन।

पहिले नै ब्रोकर खाता छ भने?

नयाँ खोल्न मिल्दैन; भएकै खाता प्रयोग गर्नुहोस्।

यो गाइडले यी प्रश्नको उत्तर दिन्छ

bidesh bata share kinbech kasari garnebroker account kholne tarikaTMS account from abroad Nepalsecondary market Nepal from abroad
WhatsApp