यो गाइड कसका लागि?
- विदेशमा बसेर पहिलो पटक IPO भर्न चाहने
- बैंक खाता, Demat वा MeroShare अझै नभएका
- लगानी सुरु गर्नुअघि पैसा व्यवस्थापन सिक्न चाहने
चाहिने कागजात
- नागरिकताको अगाडि र पछाडिको फोटो
- पासपोर्ट साइजको फोटो
- खाली कागजमा हस्ताक्षरको फोटो
- खाली कागजमा दायाँ र बायाँ बूढी औँलाको छाप
- पासपोर्ट, भिसा र कम्पनीको ID कार्ड
- नेपालको स्थायी ठेगानाको नक्सा (नगरपालिका/वडा कार्यालय, स्कुल वा बैंक जस्तो चिनिने ठाउँ देखिने गरी)
- श्रम स्वीकृतिको प्रतिलिपि
प्रक्रिया — चरणअनुसार
- विवरण र कागजात पठाउनुहोस्तलका कागजातको फोटो पठाउनुहोस्।
- व्यक्तिगत वित्त व्यवस्थापन कोर्सको access पाउनुहुन्छलगानी सुरु गर्नुअघि पैसा व्यवस्थापन आफ्नै समयमा सिक्नुहोस्।
- बैंक खाता — बैंकसँग Video KYC (पहिलो पटक)खाता बैंकले नै खोल्छ; हामी समय र प्रक्रिया मिलाइदिन्छौँ।
- Demat र MeroShare — Video KYC (दोस्रो पटक)शेयर राख्ने खाता (Demat) र अनलाइन आवेदन गर्ने MeroShare।
- CRN दर्ताबैंकबाटै IPO आवेदन गर्न चाहिने नम्बर।
- पहिलो IPO आवेदनमा सहयोगपहिलो पटक हामीसँगै भरेर सिक्नुहोस्।
⚠️ ध्यान दिनुहोस्
- Video KYC दुई पटक हुन्छ — एक पटक बैंक खाताका लागि, अर्को पटक Demat का लागि।
- Video KYC मा सक्कल नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा नेपालको सवारी चालक अनुमतिपत्र — यी चारमध्ये एउटा साथमा राख्नुहोस्।
- राष्ट्रिय परिचयपत्र (NID) बिना Demat, MeroShare र ब्रोकरको प्रक्रिया हुँदैन।
- बैंक खाता खोल्न कुनै शुल्क लाग्दैन। WTS बैंक होइन — बैंकिङ सेवा बैंकले नै दिन्छ; हामी मार्गदर्शन र सहजीकरण गर्छौँ।
प्रायः सोधिने प्रश्न
विदेशमा बसेर IPO भर्न मिल्छ?
मिल्छ। बैंक खाता, Demat, MeroShare र CRN भएपछि जहाँबाट पनि अनलाइन आवेदन गर्न सकिन्छ।
NID नभई Demat खुल्छ?
खुल्दैन। राष्ट्रिय परिचयपत्र (NID) बिना Demat, MeroShare र ब्रोकरको प्रक्रिया हुँदैन।
कति समय लाग्छ?
सामान्यतया २०–३० दिन; Video KYC को समय छिटो मिले ७–१५ दिन।
बैंक खाता खोल्न पैसा लाग्छ?
लाग्दैन। WTS को शुल्क व्यक्तिगत वित्त व्यवस्थापन कोर्सको हो; कोर्स लिएपछि बाँकी सहजीकरण निःशुल्क हुन्छ।
यो गाइडले यी प्रश्नको उत्तर दिन्छ
bidesh bata IPO kasari bharneIPO kasari bharne merosharehow to apply IPO from abroad Nepalविदेशबाट Demat खाता खोल्नेMeroShare CRN kasari garneIPO for Nepali working abroad