विदेशबाटै श्रम स्वीकृति (Labour Permit) नवीकरण कसरी गर्ने?

विदेशमा काम गरिरहनुभएको छ र श्रम स्वीकृति (लेबर) नवीकरण गर्नुपर्ने छ? नेपाल नआईकनै, विदेशबाटै अनलाइन गर्न सकिन्छ। तल चाहिने कागजात, लाग्ने समय र पूरा प्रक्रिया छ।

⏱️ नयाँ श्रम ३–४ दिन · नवीकरण १–२ दिन · Legalization ४–५ दिन 🏛️ वैदेशिक रोजगार विभाग (DoFE) 🌍 विदेशबाटै

यो गाइड कसका लागि?

  • विदेशमै रहेर श्रम स्वीकृति नवीकरण गर्नुपर्ने
  • कम्पनी बदलिएपछि नयाँ करारअनुसार श्रम लिनुपर्ने
  • पहिलो पटक नयाँ श्रम स्वीकृति लिन चाहने

चाहिने कागजात

  • पासपोर्ट
  • भिसा वा ID (दुवै पाटो)
  • कम्पनी बदलिएको भए: करारपत्र (Contract paper)

प्रक्रिया — चरणअनुसार

  1. विवरण र कागजात पठाउनुहोस्तलका कागजातको स्पष्ट फोटो WhatsApp वा आवेदन फारमबाट पठाउनुहोस्।
  2. भुक्तानी गर्नुहोस्शुल्क सेवा पेजमा आवेदनअघि नै देखिन्छ।
  3. हामी वैदेशिक रोजगार विभागको प्रणालीमा आवेदन पेस गर्छौँतपाईँको विवरण भरेर आवेदन हामी नै पेस गर्छौँ।
  4. श्रम स्वीकृति (PDF) र आफ्नो login पाउनुहुन्छसाथमा "Prepare For Next Job" कोर्सको access पनि।

⚠️ ध्यान दिनुहोस्

  • नयाँ श्रमका लागि राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य छ।
  • साउदी अरब, कुवेत र कोरियाका लागि कागजात फरक पर्न सक्छ — पहिले सोध्नुहोस्।
  • इमेल र नेपालको फोन नम्बर पठाउनुअघि सही छ कि छैन जाँच्नुहोस् — login र सूचना त्यहीँ आउँछ।

प्रायः सोधिने प्रश्न

नवीकरणका लागि नेपाल आउनुपर्छ?

पर्दैन। विदेशबाटै कागजात पठाएर अनलाइन आवेदन गर्न सकिन्छ, र श्रम स्वीकृति PDF मा आउँछ।

कति दिन लाग्छ?

नवीकरण प्रायः १–२ दिन, नयाँ श्रम ३–४ दिन, र Legalization ४–५ दिन।

कम्पनी फेरिएको छ भने के गर्ने?

नयाँ कम्पनीको करारपत्र (Contract paper) पनि पठाउनुहोस्।

NID छैन भने नयाँ श्रम हुन्छ?

नयाँ श्रमका लागि राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य छ।

यो गाइडले यी प्रश्नको उत्तर दिन्छ

shram swikriti online renew kasari garnebidesh bata shram renewlabour permit renew from abroad Nepalश्रम स्वीकृति नवीकरण अनलाइननयाँ श्रम स्वीकृति विदेशबाटre-entry labour permit Nepal online
WhatsApp