रेमिट्यान्स खाता कसरी खोल्ने? — वैदेशिक रोजगारीको IPO कोटासहित

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि केही IPO मा छुट्टै कोटा हुन्छ। त्यसमा आवेदन दिन रेमिट्यान्स खाता र CRN चाहिन्छ। विदेशबाटै खाता कसरी खोल्ने, यहाँ छ।

⏱️ १५–२५ दिन (Video KYC छिटो मिले ७–१० दिन) 🏛️ सम्बन्धित वाणिज्य बैंक 🌍 विदेशबाटै

यो गाइड कसका लागि?

  • वैदेशिक रोजगारमा रहेका
  • Demat नम्बर पहिल्यै भएका
  • वैदेशिक रोजगार कोटाको IPO भर्न चाहने

चाहिने कागजात

  • नागरिकताको अगाडि र पछाडिको फोटो
  • पासपोर्ट साइजको फोटो
  • खाली कागजमा हस्ताक्षरको फोटो
  • श्रम स्वीकृतिको प्रतिलिपि
  • पासपोर्ट, भिसा र कम्पनीको ID कार्ड

प्रक्रिया — चरणअनुसार

  1. विवरण र कागजात पठाउनुहोस्तलका कागजातको फोटो पठाउनुहोस्।
  2. व्यक्तिगत वित्त व्यवस्थापन कोर्सको access पाउनुहुन्छबचत र लगानी आफ्नै समयमा सिक्नुहोस्।
  3. बैंक खाता — बैंकसँग Video KYCरेमिट्यान्स खाता बैंकले नै खोल्छ।
  4. CRN दर्ताबैंकबाटै IPO आवेदन गर्न चाहिने नम्बर।
  5. वैदेशिक रोजगार कोटाको IPO मा पहिलो आवेदन सहयोगपहिलो आवेदन हामीसँगै।

⚠️ ध्यान दिनुहोस्

  • Demat नम्बर पहिल्यै हुनुपर्छ — छैन भने पहिले "विदेशबाट IPO कसरी भर्ने" गाइड हेर्नुहोस्।
  • रेमिट्यान्स खातामा कम्तीमा रु. ५० हजार जम्मा भएको हुनुपर्छ।
  • Video KYC मा सक्कल नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा नेपालको सवारी चालक अनुमतिपत्र — एउटा साथमा राख्नुहोस्।
  • बैंक खाता खोल्न कुनै शुल्क लाग्दैन। WTS बैंक होइन; हामी सहजीकरण मात्र गर्छौँ।

प्रायः सोधिने प्रश्न

रेमिट्यान्स खातामा कति पैसा चाहिन्छ?

कम्तीमा रु. ५० हजार जम्मा भएको हुनुपर्छ।

Demat छैन भने?

पहिले Demat चाहिन्छ। WTS को IPO Ready सेवाले बैंक, Demat, MeroShare र CRN सबै मिलाउँछ।

कति दिन लाग्छ?

१५–२५ दिन; Video KYC छिटो मिले ७–१० दिन।

यो गाइडले यी प्रश्नको उत्तर दिन्छ

remittance khata kasari kholneremittance account Nepal from abroadवैदेशिक रोजगार IPO कोटाforeign employment IPO quota Nepalbidesh bata bank khata kholne
WhatsApp