IPO Ready — व्यक्तिगत वित्त तालिमसहित
व्यक्तिगत वित्त व्यवस्थापन (PFM) तालिम, अनि बैंक खाता, डिम्याट, मेरोशेयर र CRN — पहिलो IPO आवेदन भर्दासम्मको सहयोग तालिमसँगै।
🇳🇵 नेपालको सेवा
🌏 जुनसुकै देशबाट
NPR 3,500.00
⏱ २०–३० दिन (Video KYC छिटो मिले ७–१५ दिन) · WTS Kathmandu
यो सेवा के हो?
यस प्याकेजको शुल्क Personal Financial Management र Basics of Share Market Investment Training का लागि मात्र हो। तालिमसँगै Bank Account, Demat, MeroShare र CRN तयार गर्न WTS को सहयोग निःशुल्क समावेश हुन्छ। ब्रोकर खाता खोल्ने सेवा छुट्टै हो र यस प्याकेजमा समावेश छैन।
- व्यक्तिगत वित्त व्यवस्थापन कोर्स
- बैंक खाता (मोबाइल बैंकिङसहित) खोल्न सहयोग
- Demat खाता
- Mero Share
- CRN दर्ता
- पहिलो IPO आवेदनमा सहयोग
📁 चाहिने कागजात
- नागरिकताको अगाडि र पछाडिको फोटो
- पासपोर्ट साइजको फोटो
- खाली कागजमा हस्ताक्षरको फोटो
- खाली कागजमा दायाँ र बायाँ बूढी औँलाको छाप
- विदेशमा हुनुहुन्छ भने पासपोर्ट, भिसा र कम्पनीको ID कार्ड
- नेपालको स्थायी ठेगानाको नक्सा (घर नजिकको चिनिने ठाउँ — नगरपालिका/वडा कार्यालय, स्कुल, बैंक — देखिने गरी)
- श्रम स्वीकृतिको प्रतिलिपि
IPO Ready — PFM तालिम र खाता तयारी