‹ सबै सेवा

रेमिट्यान्स खाता खोल्ने

नेपालमा पैसा पठाउन मिल्ने खाता खोलिदिने।

🇳🇵 नेपालको सेवा 🌏 जुनसुकै देशबाट
NPR 2,000.00
⏱ १५–२५ दिन (Video KYC छिटो मिले ७–१० दिन) · WTS Kathmandu
आवेदन दिनुहोस् →

यो सेवा के हो?

नेपालमा पैसा पठाउन मिल्ने खाता खोलिदिने।

  • व्यक्तिगत वित्त व्यवस्थापन कोर्स
  • रेमिट्यान्स बैंक खाता (मोबाइल बैंकिङसहित) खोल्न सहयोग
  • CRN दर्ता
  • पहिलो IPO (वैदेशिक रोजगारको कोटा) आवेदनमा सहयोग

🧭 कसरी हुन्छ?

  1. विवरण र कागजात पठाउनुहोस्
  2. व्यक्तिगत वित्त व्यवस्थापन कोर्सको access पाउनुहुन्छ
  3. बैंक खाता — बैंकसँग Video KYC
  4. CRN दर्ता
  5. वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको IPO मा पहिलो आवेदन सहयोग
रेमिट्यान्स खाता कसरी खोल्ने? — वैदेशिक रोजगारीको IPO कोटासहितपूरा गाइड — कागजात, समय, चरण र प्रायः सोधिने प्रश्न

🏛️ आधिकारिक निकाय

सम्बन्धित वाणिज्य बैंक

निर्णय र कागजात जारी गर्ने यही निकाय हो। WTS ले फारम, कागजात र प्रक्रियामा सहजीकरण गर्छ।

📌 जान्नुपर्ने कुरा

  • बैंक खाता खोल्न कुनै शुल्क लाग्दैन। हाम्रो शुल्क व्यक्तिगत वित्त व्यवस्थापन कोर्सको हो; कोर्स लिएपछि बाँकी सहजीकरण निःशुल्क हुन्छ।
  • हाम्रो संस्था बैंक होइन। बैंकिङ सेवा सम्बन्धित बैंकले नै दिन्छ; हामी प्रक्रियाको मार्गदर्शन र सहजीकरण मात्र गर्छौँ।
  • Demat नम्बर पहिल्यै हुनुपर्छ।
  • रेमिट्यान्स खातामा कम्तीमा रु. ५० हजार जम्मा भएको हुनुपर्छ।
  • Video KYC का लागि सक्कल नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा नेपालको मान्य सवारी चालक अनुमतिपत्र — यी चारमध्ये एउटा साथमा हुनुपर्छ।

📁 चाहिने कागजात

  • नागरिकताको अगाडि र पछाडिको फोटो
  • पासपोर्ट साइजको फोटो
  • खाली कागजमा हस्ताक्षरको फोटो
  • श्रम स्वीकृतिको प्रतिलिपि
  • पासपोर्ट, भिसा र कम्पनीको ID कार्ड
रेमिट्यान्स खाता खोल्ने
WhatsApp