रेमिट्यान्स खाता खोल्ने
नेपालमा पैसा पठाउन मिल्ने खाता खोलिदिने।
🇳🇵 नेपालको सेवा
🌏 जुनसुकै देशबाट
NPR 2,000.00
⏱ १५–२५ दिन (Video KYC छिटो मिले ७–१० दिन) · WTS Kathmandu
यो सेवा के हो?
नेपालमा पैसा पठाउन मिल्ने खाता खोलिदिने।
- व्यक्तिगत वित्त व्यवस्थापन कोर्स
- रेमिट्यान्स बैंक खाता (मोबाइल बैंकिङसहित) खोल्न सहयोग
- CRN दर्ता
- पहिलो IPO (वैदेशिक रोजगारको कोटा) आवेदनमा सहयोग
🧭 कसरी हुन्छ?
- विवरण र कागजात पठाउनुहोस्
- व्यक्तिगत वित्त व्यवस्थापन कोर्सको access पाउनुहुन्छ
- बैंक खाता — बैंकसँग Video KYC
- CRN दर्ता
- वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको IPO मा पहिलो आवेदन सहयोग
🏛️ आधिकारिक निकाय
सम्बन्धित वाणिज्य बैंक
निर्णय र कागजात जारी गर्ने यही निकाय हो। WTS ले फारम, कागजात र प्रक्रियामा सहजीकरण गर्छ।
📌 जान्नुपर्ने कुरा
- बैंक खाता खोल्न कुनै शुल्क लाग्दैन। हाम्रो शुल्क व्यक्तिगत वित्त व्यवस्थापन कोर्सको हो; कोर्स लिएपछि बाँकी सहजीकरण निःशुल्क हुन्छ।
- हाम्रो संस्था बैंक होइन। बैंकिङ सेवा सम्बन्धित बैंकले नै दिन्छ; हामी प्रक्रियाको मार्गदर्शन र सहजीकरण मात्र गर्छौँ।
- Demat नम्बर पहिल्यै हुनुपर्छ।
- रेमिट्यान्स खातामा कम्तीमा रु. ५० हजार जम्मा भएको हुनुपर्छ।
- Video KYC का लागि सक्कल नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा नेपालको मान्य सवारी चालक अनुमतिपत्र — यी चारमध्ये एउटा साथमा हुनुपर्छ।
📁 चाहिने कागजात
- नागरिकताको अगाडि र पछाडिको फोटो
- पासपोर्ट साइजको फोटो
- खाली कागजमा हस्ताक्षरको फोटो
- श्रम स्वीकृतिको प्रतिलिपि
- पासपोर्ट, भिसा र कम्पनीको ID कार्ड
रेमिट्यान्स खाता खोल्ने